
विश्व हेपाटाइटिस दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विश्व हेपाटाइटिस दिवस
हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू एक जुट हुने दिन हो आज भाइरल हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई हेर्ने हो भने, संसारभरका ३२,५०,००,००० मानिसहरू भाइरल हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउने रहेछ । यस्तो रोगबारे केही थाहा नहुनुले यो रोगले समस्यालाई विकराल बनाउन थप सघाउ त पुयाउने नै भयो । यस्तो अनभिज्ञता र अज्ञानता हटाउनपर्छ भनेर नै आजको दिन मनाउन थालिएको हो है ।

हामीमध्ये कति जनालाई यो हेपाटाइटिस बारे थाहा छ त ?
एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३,००,००० मानिसहरूको मृत्यु हुने गर्दछ । कलेजोको क्यान्सर हुन दिन यो रोगको भाइरसले मुख्य योगदान गर्दछ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो । हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् ।
हामीमध्ये कति जनालाई यो हेपाटाइटिस बारे थाहा छ त ?
तथ्याङ्क मात्र हेर्दा यी अङ्कहरू सङ्ख्या मात्र लाग्दछन् तर हरेक सङ्ख्या पछाडि एउटा जीवन लुकेको हुन्छ । त्यो जीवन हामीले माया गरेका मानिस हुन सक्छन्, हाम्रै इष्टमित्र, दाजुभाइ, आमाबुवा, छरछिमेक हुन सक्छन् । हेपाटाइटिसबारे जागरण फैलाउनु हाम्रो कर्तव्य हैन र ?हेपाटाइटिसलाई विश्वकै खतरनाक रोगमध्येको मानिनुको अर्को मुख्य कारण के पनि रहेछ भने हेपाटाइटिस बी र सी लाई मौन महामारी नै भनिँदो रहेछ । यसले मुख्य गरी बालबालिका र सीमान्तकृत समूहलाई नै पिरोल्ने गर्दो रहेछ ।
लागूपदार्थ दुर्व्यसनी, एचआइभी सङ्घर्षरत मानिसहरू, प्रवासीहरूमा हेपाटाइटिसले बढी नै सताउने गरेको रहेछ । अझ हेपाटाइटिस बी लागेका ९०% मानिसहरू र हेपाटाइटिस सी भएका ८०% मानिसहरूलाई यो रोग भएको बारे अनभिज्ञ रहने र नजानेरै अरूमा यो रोग सार्ने गरेकाले पनि यसलाई एचआइभी र अन्य रोगहरूसरह घातक रोग मानिन थालिएको रहेछ ।हेपाटाइटिसबारे जागरूकता बढाउनका निम्ति हरेक वर्षझैँ यो वर्ष पनि हेपाटाइटिस दिवस मनाइँदै छ ।कलेजोले तपाईलाई जीवित राख्न प्रत्येक दिन ५०० भन्दा बढी महत्त्वपूर्ण कार्यहरू गरिरहेको हुन्छ । त्यसैले कलेजो स्वास्थ्य मानव जीवनको लागि आधारभूत हुन्छ । हेपाटाइटिसले कलेजोमा सिधै असर गर्छ तर यस रोगको लक्षणहरू भने रोग पूर्णतया विकसित नभएसम्म थाहा हुँदैन ।
तपाईं आफ्नो र आफ्ना प्रियजनहरूलाई जोगाउन सक्नुहुन्छ । हेपाटाइटिसबाट आफूलाई कसरी जोगाउन सकिन्छ भनेर स्वास्थ्य सेवा प्रदायकहरूसँग आजै कुरा गर्नुहोस् । यसको रोकथाम, परीक्षण र उपचारको बारेमा सिक्नुहोस् र अरूलाई पनि सिकाउनुहोस् ।
स्वास्थ्य सेवा सुलभ र सहज नभएको हाम्रो जस्तो देशमा त झन् कुनै पनि रोग लाग्नु यसै नै बोझिलो हुने गर्दछ । यस्ता भयानक रोगबाट ग्रसित हुनुपर्दा त मृत्युकै बाटो रोज्नुपर्ने हुन्छ । यस कारण समयमा नै यसबारे जागरण बढाउनु सर्वसाधारणको हैसियतले हामी सबैको कर्तव्य हो भने नागरिकको स्वास्थ्य अधिकारको सम्मान गर्नु राज्यको कर्तव्य । आजकै दिन भए पनि आफूले माया गर्ने आफ्नो परिवार र साथीभाइसँग हेपाटाइटिस कसरी लाग्दो रहेछ, यसबाट बच्ने तरिकाहरु के रहेछन् भन्ने बारेमा छलफल गर्नुहोस् है ।
तपाईंको विचारमा नर्वे र इंग्ल्यान्ड विरुद्धको खेल कसले जित्छ ?





दिनको सुरुवात सामान्य रहनेछ, तर बिस्तारै कामले गति लिनेछ। अरूले टारेको जिम्मेवारी पनि तपाईंले सम्हाल्नुपर्ने हुन सक्छ। आफ्नो काम समयमै सक्दा मन ढुक्क हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।