१३ आश्विन २०८३ मंगलवार
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य जीवन सुमधुर रहनेछ। आपसी कुराकानीले समस्याहरु सुल्झिनेछन्। रोजगारीलाई लिएर समस्या आउनेछ सचेत रहनुहोला । साझेदारी व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आत्मविश्वासको साथ गरिएको काममा सफलता मिल्नेछ। विरोधीहरूले काममा बाधा पुर्याउने कोसिस गर्नेछन्। सवारी साधन चलाउँदा नीति नियमको पालना गर्नुहोला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सरकारी योजनाहरूको लाभ उठाउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घरपरिवारको साथ मिल्नाले कार्यक्षेत्रमा प्रगति हुनेछ। कुनै कुरालाई लिएर मनमा दुविधा रहनेछ। वित्तीय वा सहकारी संस्था आदिमा ऋण आदिको प्रक्रियामा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा नयाँ कामको प्रस्ताव मिल्नेछ। आफ्ना निजी सम्पर्कबाट रोकिएको काम बनाउन सकिनेछ। शुभ कार्यको चर्चा हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नँया योजना प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस्। वकालत वा प्रशासनिक क्षेत्रमा हजुरको बोली प्रभावशाली रहनेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आत्मविश्वासमा वृद्धि हुनेछ साथै धैर्य वा पराक्रमको साथ काम गर्नुहोस् सफलता मिल्नेछ। बनाइएका नयाँ योजनाहरू प्रभावित रहनेछन्। नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यक्षेत्रमा अरुको भरमा ढुक्क नपर्नुहोला। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। सकारात्मक सोचको साथ योजनाहरू बनाउनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
तारिफ योग्य कार्य गर्दै अरूको मन जित्न सकिनेछ। शेयर बजारबाट लाभ रहनेछ | आफूभन्दा ठूला प्रति आत्मीयता बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आश्वासन दिनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मेहनतीहरूका लागि समय निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षी कार्यको शुभारम्भ गर्ने समय रहेको छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
सन्तान र आफन्तहरुबाट भनेजस्तो सहयोग नमिल्ला। दिगो फाइदा हुने कार्य सम्पादन हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। अवसरको लाभ उठाउन नसकिएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।