असोज २०८३
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
असोज महिनामा नयाँ योजना बनाउने उत्साह बढ्नेछ। लामो समयदेखि रोकिएको कामलाई अघि बढाउने अवसर मिल्न सक्छ। कार्यक्षेत्रमा आफ्नो क्षमता देखाउने मौका प्राप्त हुनेछ। आर्थिक रूपमा आम्दानी बढाउने नयाँ बाटो खुल्नेछ। रोकिएको रकम हात परेपछि केही आर्थिक सहजता महसुस हुनेछ। परिवारमा तपाईंको निर्णयलाई महत्व दिइनेछ। घरायसी वातावरणमा आपसी समझदारी बढ्नेछ। टाढाबाट आएको खबरले उत्साह थप्नेछ। प्रेम सम्बन्धमा पुरानो गलतफहमी हट्ने सम्भावना छ। दाम्पत्य जीवनमा एकअर्कालाई समय दिन सके आत्मीयता बढ्नेछ। विद्यार्थीले मेहनतअनुसार राम्रो परिणाम प्राप्त गर्न सक्नेछन्। सरकारी वा कागजी काममा केही ढिलाइ भए पनि समाधानतर्फ जानेछ। महिनाको मध्यतिर आएको धार्मिक अवसरले मनमा राम्रो परिवर्तन गराउन सक्छ। आफ्नो निर्णयमा आत्मविश्वास राख्दा अघि बढ्न सजिलो हुनेछ। पुरानो प्रयासको परिणाम महिनाको उत्तरार्धमा देखिन थाल्नेछ। महिनाको अन्त्यतिर कुनै महत्वपूर्ण काम पूरा हुनाले मनमा सन्तुष्टि मिल्नेछ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आर्थिक पक्षलाई व्यवस्थित बनाउने सोचले यो महिना प्राथमिकता पाउनेछ। आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न सके व्यवहारिक सन्तुलन रहला। वैदेशिक शुभ समाचार प्राप्त हुने सम्भावना छ। व्यापारमा ग्राहकबाट लाभहुने संकेत देखिएको छ। लगानीको अवसर आए पनि राम्रोसँग बुझेर मात्र निर्णय लिनुहोस्। परिवारमा कुनै सदस्यको प्रगतिले खुसीको वातावरण बनाउनेछ। घरमा निर्माण सम्बन्धमा पारिवारिक छलफल होला। प्रेम सम्बन्धमा मनमा रहेको कुरा व्यक्त गर्ने अवसर मिल्नेछ। नयाँ परिचय विस्तारै आत्मीय सम्बन्धमा बदलिन सक्छ। दाम्पत्य जीवनमा चलिरहेको मतभेदलाई संवादबाट समाधान गर्न सकिनेछ। व्यवहारिक काम गर्ने शैली परिवर्तन गर्ने अवसर मिल्ने योग छ। नयाँ जिम्मेवारीसँगै सीप विकासको बाटो खुल्नेछ। गणितीय कठिन विषयमा पनि राम्रो पकड बनाउन सक्ने समय छ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। आफन्तको सुझावले कुनै व्यक्तिगत समस्या समाधान गर्न मद्दत गर्नेछ। खानपानमा लापरवाही गर्दा सामान्य स्वास्थ्य समस्या आउन सक्छ। महिनाको अन्त्यतिर भविष्यसँग जोडिएको महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्था आउन सक्छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रेम र व्यक्तिगत सम्बन्ध सबल रहनेछ। मनमा लुकाएर राखेको भावना व्यक्त गर्ने अवसर मिल्न सक्छ। आप्नासँगको पुरानो गलतफहमी हटेपछि सम्बन्ध अझ सहज बन्नेछ। अविवाहितका लागि नयाँ व्यक्तिसँगको परिचय अर्थपूर्ण बन्न सक्छ। वैवाहिक जीवनमा सँगै बिताएको समयले आत्मीयता बढाउनेछ। कार्यको सिलसिलामा रमाइलो भेटघाटको अवसर मिल्नेछ। घरबाट टाढा रहेका व्यक्तिसँग लामो कुराकानी हुन सक्छ। व्यस्तता बढे पनि आफ्नो दक्षता देखाउने मौका मिल्नेछ। सहकर्मीको सहयोगले कठिन काम पूरा गर्न सकिनेछ। व्यापारमा नयाँ सम्झौता हुने सम्भावना छ। आम्दानीका साना स्रोत जोडिँदै आर्थिक अवस्था बलियो बन्नेछन्। अनावश्यक खर्चमा नियन्त्रण राख्नु आवश्यक हुनेछ। विद्यार्थीले लगनशीलताका साथ अध्ययन गर्दा राम्रो नतिजा ल्याउन सक्नेछन्। जीवनयापनको नयाँ आयाम सिक्ने अवसर प्राप्त हुन सक्छ। यात्राको योजना अचानक बन्ने सम्भावना छ। निद्रा नलाग्ने समस्या महिनाको उत्तरार्धमा हुनसक्छ ध्यान पुर्याउनुहोला। कागजी काम गर्दा विवरण दोहोर्याएर जाँच गर्नु राम्रो हुनेछ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारिवारिक विषयले बढी प्राथमिकता पाउनेछ। घरमा लामो समयदेखि चलिरहेको छलफलले निकास पाउन सक्छ। आफन्तको सहयोगले अप्ठ्यारो अवस्थामा राहत मिल्नेछ। ज्येष्ठ व्यक्तिको सुझाव महत्वपूर्ण साबित हुनेछ। घरमा शुभकार्य वा विशेष भेटघाटको वातावरण बन्ने सम्भावना छ। आफ्नो जिम्मेवारी पूरा गर्न केही अतिरिक्त समय दिनुपर्नेछ। काममा गरेको मेहनतको प्रशंसा हुने संकेत छ। अतिरिक्त आम्दानीका लागि नयाँ उपाय सोच्न सकिनेछ। व्यापारमा विश्वासिलो व्यक्तिसँग सहकार्य गर्ने मौका मिल्नेछ। प्रेम सम्बन्धमा भावनाभन्दा व्यवहारिक सोचलाई प्राथमिकता दिनु राम्रो हुनेछ। दाम्पत्य जीवनमा परिवारसँग सम्बन्धित विषयमा आपसी सहमति आवश्यक पर्नेछ। विद्यार्थीले पढाइमा राम्रो ध्यान दिन सक्नेछन्। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। सामाजिक क्षेत्रमा तपाईंको सहयोगी स्वभावको प्रशंसा हुनेछ। महिनाको मध्यतिर सम्पत्तिसम्बन्धी कुनै विषयमा कुराकानी हुन सक्छ। मित्रको चिनजानबाट उपयोगी खबर प्राप्त हुन सक्छ। महिनाको अन्त्यमा परिवारसँग जोडिएको खुसीको समाचारले मन प्रसन्न बनाउनेछ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो प्रतिष्ठा र व्यक्तिगत प्रगतितर्फ ध्यान केन्द्रित हुनेछ। लामो समयदेखि चाहेको कुनै उपलब्धि नजिक आउने योग छ। आफ्नो निर्णय क्षमतामाथि विश्वास बढ्नेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेछ। काममा नेतृत्व गर्ने मौका मिल्दा आफ्नो प्रतिभा देखाउन सकिनेछ। सहकर्मीबीच तपाईंको प्रभाव बढ्नेछ। आर्थिक रूपमा लाभ हुने काममा हात हाल्न सकिनेछ। आर्थिक कारोबारबाट राम्रो परिणाम प्राप्त हुनेछ। खर्च बढ्ने अवस्था आए पनि आवश्यक व्यवस्थापन गर्न सकिनेछ। कार्यक्षेत्रमा सफलताले खुसीको वातावरण ल्याउनेछ। प्रेम सम्बन्धमा आकर्षण र उत्साह कायम रहनेछ। नयाँ सम्बन्ध सुरु गर्न चाहनेहरूका लागि राम्रो अवसर आउन सक्छ। वैवाहिक जीवनमा सँगै घुमफिर गर्ने योजना बन्नेछ। विद्यार्थीले प्रतिस्पर्धात्मक क्षेत्रमा आफ्नो क्षमता देखाउन सक्नेछन्। यात्राका क्रममा महत्वपूर्ण व्यक्तिसँग भेट हुनेछ। महिनाको दोस्रो भागमा अप्रत्याशित अवसर प्राप्त हुन सक्छ। महिनाको अन्त्यतिर आफ्नो प्रयासले व्यवसाय सुरुवात गर्न सक्नुहुनेछ। परिश्रम परेको कामबाट सन्तुष्टि मिल्नेछ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन र सीप विकासका विषय महत्वपूर्ण बन्न सक्छन्। नयाँ कुरा सिक्ने रुचि बढ्नेछ। आफूलाई कमजोर लागेको विषयमा सुधार गर्ने अवसर मिल्नेछ। नियमित योग अभ्यासबाट स्वास्थ्यमा राम्रो सुधार हुनेछ। प्रेम सम्बन्धमा धेरै सोचेर निर्णय लिनु र परिस्थिति बुझ्नु राम्रो हुनेछ। दाम्पत्य जीवनमा एकअर्काको व्यस्ततालाई बुझेर अघि बढ्नु आवश्यक छ। स्वास्थ्यमा मानसिक तनाव कम गर्न आराम र मनोरञ्जनका लागि समय छुट्याउनुहोस्। शिक्षाको क्षेत्रमा सङ्घर्ष र सफलता बराबरी फलदायी हुनेछ। सहकर्मीबाट आवश्यक सहयोग प्राप्त हुनेछ। खर्चको हिसाब व्यवस्थित राख्दा महिनाको अन्त्यमा सहजता हुनेछ। व्यापारमा सानो परिवर्तनले राम्रो परिणाम दिन सक्छ। परिवारका सदस्यसँग रमाईलो जमघट र महत्वपूर्ण छलफल हुनेछ। घरमा तपाईंको सुझाव अनुसारको काम हुनेछ। कागजी काममा तपाईंको सावधानीले सम्भावित समस्या टार्न सक्छ। महिनाको मध्यपछि खर्चमा वृद्धि हुनसक्छ ध्यान दिनुहोस्। असोजको अन्त्यसम्म आत्मविश्वास र भविष्यप्रतिको स्पष्टता बढ्नेछ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर मिल्नेछ। आफ्नो अध्ययनको कार्य मिल्नाले मन प्रसन्न हुनेछ। कार्यक्रममा सहभागी हुँदा नयाँ सम्पर्क स्थापित हुनेछ। कार्यक्षेत्रमा सहकार्य गरेर अघि बढ्दा राम्रो परिणाम प्राप्त हुनेछ। तपाईंको व्यवहार र कूटनीतिक क्षमताको प्रशंसा हुनेछ। साझेदारीको व्यापारबाट लाभ हुनेछ। कुनैपनि सम्झौता गर्दा सबै सर्त राम्ररी बुझेर अघि बढ्नुहोस्। आर्थिक रूपमा सामान्यभन्दा राम्रो स्थिति बन्न सक्छ। लामो समयपछि साथीभाईसँगको रमाइलो भेटघाट हुनेछ। आफन्तजनले दिएको सल्लाहले मन खुसी बनाउनेछ। प्रकृतिसँगको आत्मीयता र नजिकपन बढ्नेछ। मनमा रहेको कुरा लुकाउनुभन्दा खुलेर कुराकानी गर्नु लाभदायक हुनेछ। व्यवहारिक जीवनमा आपसी सम्मानले सम्बन्ध अझ बलियो बनाउनेछ। विद्यार्थीका लागि समूहमा बसेर पढ्दा नयाँ कुरा सिक्न सकिनेछ। वैदेशिक नयाँ अवसरको सम्भावना देखिएको छ। महिनाको अन्त्यतिर सामाजिक तथा व्यक्तिगत विषयवस्तुमा राम्रो परिवर्तन महसुस हुनेछ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समग्र ध्यान आफ्नो अधुरो काम पूरा गर्नेतर्फ जानेछ। लामो समयदेखि अल्झिएको विषयमा समाधान मिल्नेछ। काममा प्रतिस्पर्धा बढे पनि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। प्रतिष्ठित व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक रूपमा लगानीबाट लाभ मिल्ने योग छ। गोप्य योजना सही समयमा प्रयोग गर्दा फाइदा हुनेछ। जोखिमपूर्ण लगानीबाट भने केही समय टाढा रहनु राम्रो हुनेछ। परिवारमा पुरानो असमझदारी हट्ने वातावरण बन्नेछ। सम्बन्धमा अनावश्यक शंका गर्नुभन्दा विश्वासलाई प्राथमिकता दिनुहोस्। विद्यार्थीले कठिन विषयमा बढी मेहनत गर्नुपर्नेछ। अध्ययनमा निरन्तरता राखे महिनाको अन्त्यतिर राम्रो परिणाम देखिनेछ। आफ्नोलागि अवसर आए पनि समय व्यवस्थापन गर्नुपर्नेछ। स्वास्थ्यका दृष्टिले मानसिक चिन्ता बढ्न सक्छ। महिनाको मध्यतिर अचानक प्रशासनिक निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आफ्नो अनुभव र आत्मविश्वास प्रयोग गर्न सके यो महिना उपलब्धिमूलक बन्नेछ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
काममा अलि बढी दौडधुप र व्यस्तता बढ्नेछ। सुरुमा झन्झटिलो लागे पनि यसले तपाईंका रोकिएका पुराना कामहरूलाई गति दिने राम्रो अवसर ल्याउनेछ। अफिसमा आफ्नो कुरा स्पष्ट राख्ने बानीले सहकर्मीहरूसँग सानोतिनो ठाकठुक पर्न सक्छ। सबैले तपाईंको इमानदारिताको कदर गर्नेछन्। व्यापारमा नयाँ लगानी गर्नका लागि महिनाको पछिल्लो भाग बढी सुरक्षित र नाफामूलक देखिन्छ। प्रेम जीवनमा केही समयदेखि रहेको असमझदारी हट्नेछ र आपसी सामीप्यता बढ्नेछ। स्वास्थ्यमा कुनै ठूलो समस्या नदेखिए पनि खानपानमा अलि बढी अनुशासन राख्नुहोला। परिवारका ज्येष्ठ सदस्यको औषधि उपचारमा केही रकम खर्च हुन सक्छ। यो महिना लामो दूरीको धार्मिक यात्राको योग छ जसले मानसिक शान्ति दिलाउनेछ। साथीभाइको लहलहैमा लागेर कुनै पनि ठूलो आर्थिक निर्णय नलिनुहोला। बोलीको तितोपनले बन्नै लागेको काम बिगार्न सक्ने भएकाले संयम रहनु नै बुद्धिमानी हुनेछ। जग्गाजमिन सम्बन्धी पुराना विवादहरू आपसी छलफलबाट टुङ्गिनेछन्। कृषि तथा पशुपालन क्षेत्रमा आबद्ध हुनुहुन्छ भने महिनाको अन्त्यतिर राम्रो आम्दानी हुनेछ। पुराना सवारी साधन मर्मत गर्दा केही खर्च बढे पनि यात्रा सुरक्षित बनाउनेछ। वैदेशिक रोजगारको क्षेत्रमा रहेका बाधाहरू बिस्तारै हट्दै जानेछन्।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
नातागोता वा दाजुभाइबीच चलिरहेको मनमुटाब बिस्तारै समाधान भएर जानेछ। आर्थिक लेनदेन गर्दा लिखित कागज नगरी कसैलाई ठूलो रकम सापटी नलिनुहोला। दाम्पत्य जीवनमा साना साना कुराले अहंकार बढाउन सक्छ, संवाद खुला राख्नुहोला। विद्यार्थीहरूमा एकाग्रताको कमी देखिए पनि समय तालिका बदलेर पढ्दा सफलता मिल्नेछ। सामाजिक कार्यमा अग्रसरता बढ्नेछ र समाजमा तपाईंको स्थान मजबुत हुनेछ। शत्रुहरू आफैं कमजोर हुने भएकाले विवादित कुराहरूमा मौन रहनु नै बेस होला। शेयर बजारमा बुझेर गरेको लगानीले दीर्घकालीन रूपमा राम्रो फाइदा दिनेछ। सन्तानको करियर वा शिक्षाको चिन्ताले मनमा कहिलेकाहीँ अशान्ति पैदा गर्नेछ। रोजगारविहीनहरूका लागि सानातिना कामबाट भए पनि आम्दानीको बाटो खुल्नेछ। स्वास्थ्यको मामलामा ढाड वा जोर्नी दुखाइको समस्याले अलि सताउन सक्छ। यात्रा गर्दा आफ्नो सामान र कागजपत्रको सुरक्षामा विशेष ध्यान दिनुहोला।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
तपाईंलाई आफ्नै स्वास्थ्यले सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्नेछ। तपाईंको इमानदारिता र कामप्रतिको लगावलाई हेरेर तपाईं आवद्ध संस्थाले कुनै नयाँ विभाग वा प्रोजेक्टको जिम्मेवारी सुम्पने योग छ। आर्थिक क्षेत्रमा कतैबाट आउने सानातिना व्यावसायिक प्रस्तावहरूलाई हेलचेक्र्याइँ नगर्नुहोला। दाम्पत्य जीवनमा एकअर्काका साना कमजोरीहरूलाई बेवास्ता गर्दै सकारात्मक कुरामा जोड दिँदा सम्बन्ध अझ परिपक्व हुनेछ। पुराना सवारी साधन वा मेसिनरी सामानहरू साटेर नयाँ र आधुनिक सामान जोड्ने निकै राम्रो अवसर यो महिना मिल्नेछ। विद्यार्थीहरूका लागि नयाँ सिकाई वा प्रयोगात्मक कार्यमा बढी समय दिँदा परीक्षाको तयारी अझ मजबुत र ढुक्कको बन्नेछ। सामाजिक वा परोपकारी काममा तपाईंको सक्रियता बढ्दा सुरुमा केही मानिसले आलोचना गरे पनि अन्त्यमा तपाईंको निःस्वार्थ भावनाको सबैले प्रशंसा गर्नेछन्। विरोधी वा खुट्टा तान्नेहरू आफैं आफ्ना गल्तीका कारण पछि हट्ने भएकाले तपाईंले आफ्नो तर्फबाट मौन र शान्त रहनु नै बुद्धिमानी हुनेछ। बजारको माग अनुसार उत्पादन र विक्री गर्दा सोचेभन्दा बढी फाइदा लिन सकिनेछ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नयाँ उद्योग वा व्यवसाय सुरु गर्नका लागि थोरै बैंक ऋण लिनुपर्ने अवस्था आउन सक्छ। परिवारमा नयाँ सदस्यको आगमन वा कुनै शुभ कार्यको आयोजना हुनाले खुसीयाली छाउनेछ। अनलाइन प्लेटफर्म वा सामाजिक सञ्जालको सही प्रयोगबाट नयाँ व्यापारिक अर्डरहरू मिल्न सक्छन्। विद्यार्थीहरूले छात्रवृत्ति वा उच्च शिक्षाका लागि विदेश जाने राम्रो अवसर हात पार्नेछन्। रिसको मात्रा बढ्न सक्ने हुनाले उत्तेजनामा आएर कसैलाई पनि कडा वचन नभन्नुहोला। समयले तपाईंको आत्मनियन्त्रण र धैर्यताको क्षमतालाई अझ बलियो बनाउनेछ। सवारी साधन चलाउँदा वा सडक पार गर्दा हतार नगर्नुहोला। अरूको व्यक्तिगत मामिलामा चासो राख्दा आफैं विवादमा तानिन सक्ने खतरा छ होस् पुर्याउनुहोला। आफ्नो काममा मात्र केन्द्रित हुँदा समय ऊर्जा र प्रतिष्ठा तीनवटै कुरा जोगाउन सकिनेछ। पुराना नउठेको रकमहरू अचानक उठ्नाले लामो समयदेखिको आर्थिक तनाव निकै कम हुनेछ। कला अभिनय र संगीत क्षेत्रमा रुचि भएकाहरूका लागि नयाँ अवसर मिल्नेछ। व्यवसायिक सिलसिलामा गरिएका छोटा दूरीका यात्राहरू निकै फलदायी र नाफामूलक साबित हुनेछन्।