मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रेम र व्यक्तिगत सम्बन्ध सबल रहनेछ। मनमा लुकाएर राखेको भावना व्यक्त गर्ने अवसर मिल्न सक्छ। आप्नासँगको पुरानो गलतफहमी हटेपछि सम्बन्ध अझ सहज बन्नेछ। अविवाहितका लागि नयाँ व्यक्तिसँगको परिचय अर्थपूर्ण बन्न सक्छ। वैवाहिक जीवनमा सँगै बिताएको समयले आत्मीयता बढाउनेछ। कार्यको सिलसिलामा रमाइलो भेटघाटको अवसर मिल्नेछ। घरबाट टाढा रहेका व्यक्तिसँग लामो कुराकानी हुन सक्छ। व्यस्तता बढे पनि आफ्नो दक्षता देखाउने मौका मिल्नेछ। सहकर्मीको सहयोगले कठिन काम पूरा गर्न सकिनेछ। व्यापारमा नयाँ सम्झौता हुने सम्भावना छ। आम्दानीका साना स्रोत जोडिँदै आर्थिक अवस्था बलियो बन्नेछन्। अनावश्यक खर्चमा नियन्त्रण राख्नु आवश्यक हुनेछ। विद्यार्थीले लगनशीलताका साथ अध्ययन गर्दा राम्रो नतिजा ल्याउन सक्नेछन्। जीवनयापनको नयाँ आयाम सिक्ने अवसर प्राप्त हुन सक्छ। यात्राको योजना अचानक बन्ने सम्भावना छ। निद्रा नलाग्ने समस्या महिनाको उत्तरार्धमा हुनसक्छ ध्यान पुर्याउनुहोला। कागजी काम गर्दा विवरण दोहोर्याएर जाँच गर्नु राम्रो हुनेछ।