मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा सकरात्मक विचारले मन प्रसन्न रहनेछ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। साताको मध्यमा पेटसम्बन्धी समस्या देखा पर्न सक्ला खानपानमा विशेष ध्यान दिनुहोला। सवारी साधनमा धन खर्च हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। साताको अन्तिममा नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। मीडिया र चलचित्रको क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धी छात्रहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरको प्रयत्न गर्नुहोला। यो सप्ताह को शुभ रंग सेतो र रातो हो भने शुभ अंक २ र ६ रहेको छ।