वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा आफन्तहरूसित रमाइलो समय बित्नेछ। छरछिमेकी संग बोल्दा बाणीको ध्यान राखौं। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको मध्यमा जीवन साथी संग मनमुटाव रहनेछ। नोकरी वा पेशामा सहयोगीहरूसित नउल्झिनुहोस्। साताको अन्तिममा व्यापार व्यवसायमा थोरै मेहनतले पनि अप्ठ्यारो कार्य सम्पादित हुनेछ। श्वासप्रश्वास सम्बन्धी समस्या छ भने बढ्नेछ। कार्यक्षेत्रमा मित्रवर्गहरूको सहयोग मिल्नेछ। यो सप्ताहको शुभ रंग रातो र हल्का पहेलो हो भने शुभ अंक १ र ९ रहेको छ।