भदौ २७ गते देखि असोज ०२ गते सम्म
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा आफन्तहरूसँग मनमुटाव सुल्झिनेछ। धैर्यताको कमीले कार्यक्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। साताको मध्यमा भावनामा आएर कुनै पनि नयाँ निर्णय नलिनुहोस्। अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ। साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग कलेजी र सेतो हो भने शुभ अंक ४ र ६ रहेको छ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा सन्तानको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध कसिनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। पेटजन्य समस्या बढ्नेछ। कानुन विपरीत कार्य नगर्नुहोला। साताको अन्तिममा आयार्जनका स्रोत फेलापर्नुका साथै मानसम्मानमा वृद्धि हुनेछ। सामाजिक कार्यले छरछिमेकीहरूबाट प्रशंसा पाइनेछ। सदैव गौमाताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक २ र ४ रहेको छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा समाजसेवा वा राजनीतिमा जोडिएका व्यक्तिहरूको मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। साताको मध्यमा स्वरोजगारको नयाँ मार्ग प्रशस्त हुनेछ। बाणीको माध्यमले अरुलाई प्रभावित पार्न सकिनेछ। साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताले उचित परिणाम मिल्नेछ। आफन्तहरूबाट सोचे जस्तो सहयोग नमिल्नाले कार्य समयमा सम्पादन नहोला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र खैरो हो भने शुभ अंक १ र ५ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा आकस्मिक धनलाभका योग छन्। सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ। कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। साताको मध्यमा विद्यार्थीहरूलाई पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र पहेलो हो भने शुभ अंक ६ र ८ रहेको छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा नोकरी वा पेशामा एकाग्र भएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा साझेदारसँग मनमुटाव सुल्झिनेछ। साताको मध्यमा स्वास्थ्यलाई लिएर चिकित्सकको सल्लाह लिनुहोस्। आर्थिक पक्ष सबल रहनेछ। साताको अन्तिममा धर्मकर्ममा रुचि बढ्नुका साथै आध्यात्मिकतर्फ झुकाव रहनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र हरियो हो भने शुभ अंक १ र ३ रहेको छ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्नुहोस्। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरूको कोरिनेछन्। साताको मध्यमा काममा सीनियर र जुनियर दुबैको सहयोग मिल्नेछ। आफ्नो विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ। साताको अन्तिममा शेयर बजारबाट लाभ हुनेछ। दाजुभाईमा आत्मीय भाव पढ्नेछ। सदैव शिवजीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग आकाशे निलो र पहेलो हो भने शुभ अंक ३ र ६ रहेको छ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा यात्रा अलि कष्टदायी रहनेछ। स्वास्थ्यलाई लिएर टाउको दुख्ने वा हड्डी दुख्ने समस्याले सताउनेछ। साताको मध्यमा पहिला गरेका कामबाट प्रशस्त लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको अन्तिममा कुनै विशेष समारोह आदिमा सहभागी हुने मौका मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रशंसकहरु बढ्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र सेतो हो भने शुभ अंक १ र ७ रहेको छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा कामकाजमा धेरै खटिनुपर्ला। समय सफलतादायक रहनेछ। गरेको कामको जस पाउनुहुनेछ। साताको मध्यमा समयमा सही निर्णय नलिँदा परिस्थितिवस पछाडि परिएला। पारिवारिक सद्भावमा कमी आउनेछ। साताको अन्तिममा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको सहयोग मिल्नेछ। भाग्यको साथले नयाँ प्रबन्ध जुटाउनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग पहेलो र केशरी हो भने शुभ अंक ३ र ८ रहेको छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको प्रारम्भमा भौतिक संसाधन जुटाउन सफल भइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। साताको मध्यमा व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। साताको अन्तिममा नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। कार्यक्षेत्रमा कार्य दोहोर्याएर गर्नुपर्ला। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
वित्तीय संस्थाबाट लोनको प्रक्रियामा सकारात्मक संकेत देखिनेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग मिल्नेछ। साताको मध्यमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला। साताको अन्तिममा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। समाजमा मानसम्मान बन्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र रातो हो भने शुभ अंक ३ र ५ रहेको छ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको प्रारम्भमा नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। साताको मध्यमा व्यापारमा दिगो फाइदाको लागि नयाँ लगानी लगाउनुपर्ला। पढाइमा राम्रो प्रगति हुनेछ। साताको अन्तिममा उठ्नुपर्ने रकम हात लागि नहोला। पहिलाको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक ४ र ६ रहेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ भने धार्मिक यात्रा सुखदायी रहनेछ। साताको मध्यमा श्रमको उचित मूल्यांकन पाइनेछ। अप्ठ्यारो परिस्थितिमा साथीभाइले राम्रो सहयोग गर्नेछन्। साताको अन्तिममा अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने मौका मिल्नेछ। सदैव भैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र कलेजी हो भने शुभ अंक १ र ७ रहेको छ।