सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको मध्यमा व्यापार व्यवसायमा हानि हुने सम्भावना छ। साताको अन्तिममा राजनीतिक क्षेत्र वा सामाजिक क्षेत्र दुवैतिर मान प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारको विस्तारको लागि समय अनुकूल रहेको छ। स्वास्थ्यको लागि विश्राम र खानपानमा ध्यान दिनुहोला। दाम्पत्त्य जीवनमा मनमुटाव हुनसक्छ। यो सप्ताह को शुभ रंग सेतो र गुलाबी हो भने शुभ अंक ४ र ७ रहेको छ।