वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। साहित्य र कलाको क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। साताको मध्यमा कार्यक्षेत्रमा सहयोग दिनेवाला प्रशस्त भेटिनेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ। साताको अन्तिममा आफन्तहरूको साथ मिल्नाले नँया कार्यप्रति उत्साह जाग्नेछ। खर्चिलो समय रहनाले धन जोगाउने प्रयास गर्नुहोला। सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र सेतो हो भने शुभ अंक २ र ५ रहेको छ।