वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समग्र ध्यान आफ्नो अधुरो काम पूरा गर्नेतर्फ जानेछ। लामो समयदेखि अल्झिएको विषयमा समाधान मिल्नेछ। काममा प्रतिस्पर्धा बढे पनि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ। प्रतिष्ठित व्यक्तिको विश्वास जित्न सकिनेछ। आर्थिक रूपमा लगानीबाट लाभ मिल्ने योग छ। गोप्य योजना सही समयमा प्रयोग गर्दा फाइदा हुनेछ। जोखिमपूर्ण लगानीबाट भने केही समय टाढा रहनु राम्रो हुनेछ। परिवारमा पुरानो असमझदारी हट्ने वातावरण बन्नेछ। सम्बन्धमा अनावश्यक शंका गर्नुभन्दा विश्वासलाई प्राथमिकता दिनुहोस्। विद्यार्थीले कठिन विषयमा बढी मेहनत गर्नुपर्नेछ। अध्ययनमा निरन्तरता राखे महिनाको अन्त्यतिर राम्रो परिणाम देखिनेछ। आफ्नोलागि अवसर आए पनि समय व्यवस्थापन गर्नुपर्नेछ। स्वास्थ्यका दृष्टिले मानसिक चिन्ता बढ्न सक्छ। महिनाको मध्यतिर अचानक प्रशासनिक निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। आफ्नो अनुभव र आत्मविश्वास प्रयोग गर्न सके यो महिना उपलब्धिमूलक बन्नेछ।