मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा कामको चापबाट मुक्ति मिल्नेछ। पिताको सहयोगले अड्किएको काम बन्नेछ। साताको मध्यमा नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि प्रशस्तै भेटिनेछन्। व्यापार व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। साताको अन्त्यमा सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन्। भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ६ र ९ रहेको छ।