मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा कार्यक्षेत्रमा कार्यकुशलताले अधिकारी वर्गहरु प्रभावित रहनेछन्। घरपरिवारसंग भ्रमणको योग रहेको छ। अध्यापनको क्षेत्रबाट सम्मान पाइनेछ। साताको मध्यमा नयाँ व्यापार प्रारम्भ गर्नुभन्दा अघि माता पिता वा जानकारको सल्लाह अवश्य लिनुहोला। साताको अन्तिममा व्यापार व्यवसायमा सहयोगीहरूको सहयोगले गर्दा रोकिएका काम प्रारम्भ हुनेछन्। व्यापार क्षेत्रमा पारदर्शिता राख्नुहोस्। आयका नयाँ स्रोतहरू बन्नेछन्। यो सप्ताह को शुभ रंग गुलाबी र खैरो हो भने शुभ अंक ७ र ९ रहेको छ।