मुख्य सामग्रीमा जानुहोस्

सबै राशिफल

कर्कट

Cancer

कार्तिक २०८३

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

​कार्तिक महिनाको प्रवेशसँगै तपाईंको घरआँगनमा हर्षोल्लास र उमंग छाउनेछ। परिवारका सदस्यहरूबीच कुनै शुभ कार्यको कुराकानी चल्नेछ र आफन्तहरूको निरन्तर आवतजावतले घरको रौनक नै बेग्लै बन्नेछ।कार्यक्षेत्रमा तपाईंले विगतमा देखाएको इमानदारी र लगनशीलताको उच्च कदर हुनेछ। महिनाको मध्यभागमा आइपुग्दा भने जिम्मेवारीहरूको पहाडले मानसिक रूपमा अलि थिचेको महसुस हुन सक्नेछ। धेरैतिर एकैपटक ध्यान दिन खोज्दा कामहरूमा अल्झन आउन सक्छ। स्वास्थ्यको दृष्टिकोणले छाती व श्वासप्रश्वाससम्बन्धी पुराना समस्या भएकाहरूले यो समयमा विशेष सतर्कता अपनाउनु पर्नेछ। अनावश्यक भागदौड र भिडभाडबाट टाढा रहनु नै तपाईँको स्वास्थ्यको लागि हितकर हुनेछ। महिनाको उत्तरार्धतिर प्रवेश गर्दा व्यापार व्यवसायबाट अनपेक्षित रूपमा ठूलो आर्थिक लाभ हासिल हुनेछ। लामो समयदेखि किन्ने सोचमा रहेको नयाँ घर जग्गा वा कुनै ठूलो भौतिक सम्पत्ति जोड्ने विषयमा परिवारसँग निर्णायक छलफल अगाडि बढ्नेछ। दाम्पत्य जीवन अत्यन्तै सुमधुर रहनेछ र घरका अप्ठ्यारो परिस्थितिहरूमा जीवनसाथीको सल्लाह संजीवनी बुटी झैँ साबित हुनेछ। भित्रैदेखि आत्मबल उच्च हुनेछ।