कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
तपाईंलाई आफ्नै स्वास्थ्यले सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्नेछ। तपाईंको इमानदारिता र कामप्रतिको लगावलाई हेरेर तपाईं आवद्ध संस्थाले कुनै नयाँ विभाग वा प्रोजेक्टको जिम्मेवारी सुम्पने योग छ। आर्थिक क्षेत्रमा कतैबाट आउने सानातिना व्यावसायिक प्रस्तावहरूलाई हेलचेक्र्याइँ नगर्नुहोला। दाम्पत्य जीवनमा एकअर्काका साना कमजोरीहरूलाई बेवास्ता गर्दै सकारात्मक कुरामा जोड दिँदा सम्बन्ध अझ परिपक्व हुनेछ। पुराना सवारी साधन वा मेसिनरी सामानहरू साटेर नयाँ र आधुनिक सामान जोड्ने निकै राम्रो अवसर यो महिना मिल्नेछ। विद्यार्थीहरूका लागि नयाँ सिकाई वा प्रयोगात्मक कार्यमा बढी समय दिँदा परीक्षाको तयारी अझ मजबुत र ढुक्कको बन्नेछ। सामाजिक वा परोपकारी काममा तपाईंको सक्रियता बढ्दा सुरुमा केही मानिसले आलोचना गरे पनि अन्त्यमा तपाईंको निःस्वार्थ भावनाको सबैले प्रशंसा गर्नेछन्। विरोधी वा खुट्टा तान्नेहरू आफैं आफ्ना गल्तीका कारण पछि हट्ने भएकाले तपाईंले आफ्नो तर्फबाट मौन र शान्त रहनु नै बुद्धिमानी हुनेछ। बजारको माग अनुसार उत्पादन र विक्री गर्दा सोचेभन्दा बढी फाइदा लिन सकिनेछ।