मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
कार्तिक महिनाको पहिलो सातादेखि नै तपाईंको व्यावसायिक जीवनले नयाँ मोड लिनेछ। कार्यक्षेत्रमा नयाँ र फलदायी अवसरहरू हात लाग्नेछन्। तपाईंको काम गर्ने राम्रो शैली देखेर सिनियरहरूले तारिफ गर्नेछन्। यदि जागिरमा सरुवा, बढुवा वा नयाँ जिम्मेवारी खोज्दै हुनुहुन्थ्यो भने खुसीको खबर सुन्न पाइनेछ। परिवारका सदस्यहरूको पूर्ण माया र सद्भाव सधैं तपाईंकै साथमा रहनेछ। तर महिनाको मध्यतिर पुराना स्वास्थ्यसम्बन्धी समस्याहरूले केही सताउन सक्ने हुँदा आफ्नो खानपान र नियमित व्यायाममा विशेष ध्यान दिनुहोला। कसैसँग पनि अनावश्यक वादविवाद वा झगडामा नपर्नका लागि आफ्नो बोलीमा कडा नियन्त्रण राख्नुहोला। धैर्यता गुमाएर हतारमा निर्णय लिने काम अजिजै गर्नु हुँदैन। महिनाको अन्त्य तिर अतिरिक्त आम्दानीका स्रोतहरू हात लाग्नेछन्। पैतृक सम्पत्ति वा जग्गा जमिनको कारोबारबाट ठूलै फाइदा उठाउन सकिनेछ। विद्यार्थीहरूले आफ्नो बौद्धिक क्षमता प्रदर्शन गर्ने सुवर्ण अवसर पाउनेछन्। दाम्पत्य जीवनका सानातिना खटपटहरू सधैका लागि अन्त्य हुनेछन्।