मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

अन्तर्राष्ट्रिय मित्रता दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कृष्ण र सुदामाको मित्रता
सुदामाले कृष्णलाई सोधे
कृष्ण, मित्रताको मतलब के हो ?
कृष्णले बडो गज्जबले उत्तर कथे , हेर सुदामा जे कुरामा मतलब लुकेको हुन्छ, त्यो मित्रता कहाँ हो र अर्थात् मतलब या भनौँ स्वार्थ लुकेको कुरा मित्रता होइन र मित्रता हुनका लागि निस्वार्थ हुन जरुरी छ ।
गीतहरूमा मित्रता
नारायण गोपालले पनि बडो गज्जबले गाएका छन्, एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीको साथले कति फरक पर्दछ जिन्दगीमा भनेर । त्यसपछि पनि धेरै गीतहरू मित्रताको भावना अनि मर्म बोकेकै भरमा चर्चित र कालजयी बनेका छन् । दुना र टपरी देखी माटो र ढुगांसम्मको मित्रताका गाँथाहरु अनि फुल र काँढाका पनि मित्रताका गाँथाहरु हामीले जानेका र बुझेका छौं, हैन र ?सुगम पोखरेलको मेरो एउटा साथी छ देखि दीपेश पोखरेलको के म तिम्रो साथी बन्न सक्छु लगायत अन्य थुप्रै छन् मित्रताका गीतहरू । घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि विभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैव हुने गर्दछ । वास्तवमा संसारले प्रेमलाई झैँ मित्रतालाई पनि आफ्ना साहित्य, कला अनि कथनहरूमा उत्तिकै महत्त्व दिएको छ, मित्रताका बारेमा धेरै चलचित्र, गीत, कथा अनि कविता कथिएका छन् ।

साँचो मित्रता तपाईका लागि के हो?
गाँस छाड्नु तर साथ नछाड्नु
आज सम्झना गरौँ न, कक्षाकोठामा सिसा कलम समाएको बेला इरेजर र सार्पनर सापट माग्दादेखि पछि ठूलाठूला खनखाँचोमा भावना र श्रीसम्पत्ति साट्दासम्म साथ दिएका लिएका मित्रहरूलाई । इजार या इलास्टिक खुकुलो भएको कट्टु समाउँदै कुदेका बेलादेखि बुढेसकालमा रोगको ओखती र अस्पतालका कुरासम्मको साथको आज चर्चा गर्न चाह्यौँ । गाँस छाड्नु तर साथ नछाड्नु भन्ने उखान त्यसै कथिएको पनि कहाँ हो र ? मानव जीवनको हरेक पानाहरूमा सहृदय र सद्भाव भएका मित्रहरूको पाइलाका डोबहरू यादगार रहने गर्दछ । लुकामारी खेल्दा ढ्याप्पा गरेका साथीहरू देखी भागेर फिल्म हेर्न गएकाहरू सम्म, लुगा साटासाट गरेका जिग्रीहरूदेखि कपी साटेका पढन्तेहरू सम्म, अनेक रूप र स्वरूपका मित्रहरू हाम्रो बाल्यकाल, वयस्क अनि बुढेसकाल गर्दै जीवनैभरि गाँसिएका हुन्छन् ।
मदर टेरेसाका शब्दमा भन्न चाह्यौँ
आफ्ना मित्रलाई सिद्ध हुन भनेर आस नराख बरु आफ्ना मित्रका कमीकमजोरी हटाएर सिद्ध र उत्तम बन्न सहयोग गर । यस अर्थमा हामीहरूले मित्र अनि सङ्गतबाट पनि धेरै कुराहरू सिकेका हुन्छौ । अर्कोतर्फ सत्य अनि सही मित्रहरू छान्न नसक्दा हुने पथभ्रमता पनि आफ्नो ठाउँमा छ, सही मित्र अनि सत्य मित्रता छान्न सक्नु हाम्रो भागको दायित्व पनि त हो ।
अन्तर्राष्ट्रिय मित्रता दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय मित्रता दिवस मूलतः हल मार्क द्वारा सन् १९१९ मा स्थापना गरिएको थियो। यो मानिसहरूले एक अर्कालाई कार्ड पठाएर आफ्नो मित्रता मनाउने दिनको रूपमा मनाइएको थियो, तर सन् १९४० मा अर्थतन्त्र प्रभावित भयो र बजार सुक्यो र अन्तत यो पूर्ण रूपमा समाप्त भयो।


अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ। सन् २००३ देखि लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (UNODC) ले विश्वव्यापी रूपमा पत्ता लागेको तस्करीबाट पीडित भएका करिब २२५,००० व्यक्तिहरूको जानकारी सङ्कलन गरेको छ। सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठक गर्यो। सदस्य राष्ट्रहरूले पनि A/RES/68/192 प्रस्ताव पारित गरे र जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा तोके। यो सङ्कल्पले "मानव बेचबिखनका पीडितहरूको अवस्थाको बारेमा चेतना जगाउन र उनीहरूको अधिकारको प्रवर्द्धन र संरक्षणको लागि" यस्तो दिन आवश्यक भएको घोषणा गरेको छ। संसारका हरेक देश मानव बेचबिखनबाट प्रभावित छन्। विश्वभरका तस्करहरूले महिला र केटीहरूलाई लक्षित गरिरहन्छन्। यौन शोषणका लागि बेचबिखनमा परेका अधिकांश पीडितहरू र जबरजस्ती श्रमका लागि बेचबिखन गरिएकामध्ये ३५ प्रतिशत महिला छन्। सशस्त्र समूहहरूले जबरजस्ती विस्थापित मानिसहरूलाई लक्षित गर्दै नागरिक र तस्करहरूले शोषण गर्दै द्वन्द्वले कमजोरीहरूलाई अझ बढाउँछ।
नेपाली कानुनमा मानव बेचबिखन विरुद्धको व्यवस्था
मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ । यस अघि अपहरण र जबरजस्तीका घटनामा संलग्न अभियुक्तलाई सुरक्षा निकायले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने गरेकाले उनीहरू सामान्य जरिवानामा छुट्ने गरेका थिए । नयाँ ऐनको कार्यान्वयन प्रभावकारी भएको खण्डमा मानव बेचबिखन र अपहरण लगायतका कार्य धेरै हदसम्म निरुत्साहित पार्नेछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को प्रभावकारी कार्यान्वयनको लागि सरकारको साथै सरोकारवालाहरू क्रियाशील हुनु पर्ने देखिन्छ ।
हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस सङ्गठित अपराधको विरुद्ध सघन रूपमा आवाज बुलन्द पारौँ र मानव बेचबिखनविरुद्ध सशक्त रूपमा लड्न जरुरी छ ।




नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरू हिंसात्मक घटनापछि पर्सा, धनुषा र सिरहा लगायत मधेसका विभिन्न जिल्लामा फैलिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले घटनामा जय...

गण्डकी । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका सात जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ । चेक अनादरमा ६ र बैङ्किङ कसुरमा एक जनालाई नियन्त्रणमा लिई कैद सजाय तथा जरिवाना असुलका लाग...
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न अपिल गरेका छन् । सुनसरीको कप्तानगञ्ज घटनापछि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा देखिएको वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नेता तथा नागरिकलाई संयमित हुन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका ...

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट आइलाग्यो । सुनसरीबाट सुरु भएको दुई समुदायबीचको झडप बिहीबारसम्म आइपुग्दा कोशी र मधेशका विभिन्न जिल्लामा फैलँदो छ।

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले बोदेबर्साइन नगरपालिकाका चार किल्लामा अनिश्चितकाल कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको आज अबेर राती बसेको बैठकको निर्णयअनुसार प्रमुख जिल्ल...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार भएको भेटमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकक...

१३ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाको घाइतेलाई भेट्न नेपाल सरकारका दुई मन्त्री विराटनगर आउँदा नाराबाजी भएको छ । देवानगन्ज गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार ...