मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वराह जयन्ती
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भगवान् विष्णुको जन्म जयन्ती
वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।
वराह मंत्र: ॐ नमो भगवते वराहरूपाय भूर्भुवः स्वः पतये भूपतित्वं मे देहि द दापय स्वाहा।
वराह अवतारसत्ययुगमा भगवान् विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता सैतानको विनाश गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।

वराह जयन्तीको बारेमा तपाईंलाई थाहा थियो?
ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्धार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतङ्क दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान् ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान् विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान् ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान् विष्णुको अवतारको रूपमा स्वीकार गरे ।
त्यस बेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रसन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दाँतमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुसी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान् विष्णुको वराह अवतारलाई युद्धका लागि ललकारे । त्यसपछि भगवान् विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।
वराह अवतार भन्दाअघि भगवान् विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाइ हिरण्य कश्यपलाई भने भगवान् विष्णुले चौथौँ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ । श्री वराह देव को कृपा ले हामी सबैको समस्त मनोकामना पूर्ण होस् ।
वराह जयन्तीको सबैलाई शुभकामना छ




काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्काले जितेकी छन् । शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाको प्रतियोगी उनले उपाधि जितेकी हुन् । जितपछि प्रतिक्रि...

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६०० जनाभन्दा बढी सर्वसाधारणलाई उनीहरू बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ । काठमाडौँ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती श...

१८ वर्षमा १० हजार सर्प उद्धार गर्ने सागर १८ वर्षदेखि सर्प उद्धारमा सक्रिय अर्गलीका सागर पाण्डेयले ४० प्रजातिका १० हजारभन्दा बढी सर्पको उद्धार गरेर जंगलमा सुरक्षित छाडेका छन्। श्रावण ३०, २०८३ माध...

उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज भएको निर्वाचनमा अध्यक्ष सेवन्तराज निरौला विजयी भएका छन् । उनले एक हजार १५२ मत ल्याएर विजयी भएका हुन् । अध्यक्षमा विजयी निरौला बृहत प्रगतिशील तथा पे...

काठमाडौं। नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गंगाप्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ ।...

म्यान्मामा तीव्र मनसुन बाढीले गाउँ र धानका खेत डुबानमा परेका छन् । डुवानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यान्मावासीहरू घर छाड्न बाध्य भएका एएफपीका त्यहाँस्थित एक संवाददाता र संयुक्त राष्ट...

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय...

बाँके। नेपालगन्ज उपमहानगरपालिका २२‚ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। नेपालगन्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरूप बन्दै गएको छ...