मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

सूर्य पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्र:
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।
सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवहरूमा अनेक रूपमा विद्यमान छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुवै हिसाबले जरुरी छ ।

तपाईंको विचारमा मानिसहरूले सूर्य पूजा किन गर्छन् ?
हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्साउने गर्छन् ।
सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको विकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रवि सप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई आध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।
सूर्य भगवानलाई प्रातः कालमा सात्त्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्या कालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।
बाह्र कलाले युक्त यस्तो विशेषता भएको सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णु आदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।
सामान्यतया सूर्यलाई प्रसन्न बनाएर शुभ फल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रवि सप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो वस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्र वटा आइतबार व्रत बस्नु पर्छ । व्रतको दिन प्रातः सूर्य नारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।
यस्तो व्रत आदि उपासना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रअनुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ–आशीर्वाद प्राप्त हुनेछ ।



२०औं एसियाली खेलकुदमा छनोट, नेपाल प्रिमियर लिग सिजन ३ को अक्सनको माहोलपछि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ खेल्न नेदरल्यान्ड्स पुगेको थियो । भर्खर फिफा विश्वकपको माहोलमा झ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोककल्याण मार्गस्थित निवास नजिकै विरोध प्रदर्शनका क्रममा पक्राउ परेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी वाड्रासहितका वरिष्ठ विपक्षी नेताहरू रिहा भएका ...

बागमती । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जिल्लाबाट गरिने राहदानीको अनलाइन फारम इन्ट्री कार्य केही समयको लागि स्थगित गरेको छ । कार्यालयका तर्फबाट प्रशासकीय अधिकृत सन्तोष सुवेदीले आज सूचना जारी ...

ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही क्यानाडाली वस्तुमा थप ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि क्यानाडाले कडा आपत्ति जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले उक...

काठमाडाैं । चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरीकाे तस्बिर र आवाज आर्टिफिसियल इन्टेलिजेन्समार्फत अनधिकृत रूपमा प्रयाेग गरी ठगी गर्ने उद्देश्यले सामाजिक सञ्जालमा भ्रम फैलाइएकाे पाइएको छ । सञ्चारकर्म...

काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गंगामाई रथयात्रा भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गंगामाईको दिव्य रथयात्रा गर्ने परम्परा ...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेच्टमा आज भएको खेलमा नेपाल नामिबियासँग ...

ललितपुर महानगरपालिका–३ ले २४सै घण्टा सञ्चालन हुने एआई कलिङ सेवा सुरु गरेको छ । वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै ‘तपाईंको समस्या, मेरो समाधान’ नारासहित सुरु गरिएको सेवामार्फत वडाले प्रद...