नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। कामको प्राथमिकता छुट्याउँदा समय बच्नेछ। नजिकको व्यक्तिसँग आवश्यक छलफल हुनेछ। थकान भए शरीरलाई विश्राम दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो। इस्लामी पात्रो हिजरी संवत्को रबि-अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको मानिन्छ। उहाँको ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा निधन भएको थियो। मोहम्मद जयन्तीलाई ‘इद मिलादुन्नबी’ तथा ‘१२ रबि-अव्वल’ का नामले पनि चिनिन्छ। परापुर्वकाल देखि नै मनाइदै आएको मोहम्मद जयन्ती यस वर्ष २०८३ मा मनाइने १५०१औँ जन्मोत्सव हो।
नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन्। मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक-अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्।

यस पर्वले मुस्लिम समुदायमा एकता, भाइचारा र आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ। मोहम्मद डेका अवसरमा धार्मिक गतिविधिसँगै सामाजिक तथा मानवीय कार्यलाई पनि प्राथमिकता दिइन्छ। गरिब तथा विपन्न, असहाय र अनाथलाई दान दिने, घर-आँगन सरसफाइ गर्ने, घरमा इस्लामिक झण्डा फहराउने र दीप प्रज्वलन गर्नेलगायतका गतिविधिहरू गरिन्छन्। यसरी धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई जोड्दै मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउने गरेको पाइन्छ।
मोहम्मद जयन्तीको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना !