

Jyotish Purushottam Ghimire
Pandit Jyotishi
4.7· 3530 reviews
About
रिडी संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका उत्रीर्ण भई नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत रुरु संस्कृत विद्यापीठबाट उत्तर मध्यमा ( प्रविणता प्रमाण पत्र तह ) उत्रीर्ण गरी काठमाण्डौ स्थित बाल्मीकि विद्यापिठबाट नब्य व्याकरण र फलित ज्योतिष विषयमा शास्त्री ( स्नातक तह ) सम्मको अध्ययन पूरा गरी बाल्मीकि विद्यापिठबाट नै फलित ज्योतिष एवं धर्मशास्त्र दुई विषयमा आचार्य (स्नातकोत्तर तह )उत्रीर्ण भई विज्ञता हॅासिल गर्नु भएका घिमिरे नेपाल संस्कृत विश्वविद्यालय वाट आचार्य उपाधि वाट दीक्षित हुनुहुन्छ । संकल्प , साधना र स्व-अध्ययनले फलित ज्योतिस र धर्मशास्त्र एवं कर्मकाण्डको क्षेत्रमा निपुर्ण ज्योतिस एवं धर्मशास्त्र आचार्य पुरूषोत्तम घिमिरे निरन्तर रूपमा फलित ज्योतिस र धर्मशास्त्र एवं कर्मकाण्ड विषयमा सोध, खोज तथा अध्ययन-अनुसन्धान गर्दै प्रयोगको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।















