Horoscope
२७ कार्तिक २०८३ शुक्रवार
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कार्यक्षेत्रमा पुरानो समस्या सुल्झिनाले विभिन्न अवसरहरु प्राप्त हुनेछन्। पुरानो कारोबारलाई नविनीकरण गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरूसँगको मित्रता बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। समयमा कार्य सम्पन्न गर्न नसकेपनि योजनाहरू बनाउन सक्नुहुनेछ। परिवारबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
आर्थिक सुधारका प्रयासहरू सफल रहनेछन्। आफन्तहरूको साथ मिल्नाले हिम्मत बढ्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यापार व्यवसायमा वेबास्ता गर्दा ठूलो नोक्सान खेप्नु पर्ला। युवा वर्गहरूलाई करियरलाई लिएर नयाँ अवसर मिल्नेछ। संचित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर भइनेछ। सहयोगीहरूबाट सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अनुभवको कमी सफलतामा बाधक बन्न सक्छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। वैदेशिक रोजगार सफल रहनेछ। नयाँ कार्यको थालनिको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। आयस्रोत राम्रो रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्वकांक्षी लक्ष्य सम्पादन गर्नमा शुभचिन्तकहरूको साथ मिल्नेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक र सामाजिक स्थिती सबल हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अरुकालागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यर्थको कुरामा व्यस्त रहने तथा उपलब्धिहीन कार्यमा समय बित्न सक्छ । आकस्मिक धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्ला। कार्यक्षेत्रमा सीनियर र जुनियर दुवैको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ होला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुहोला। स्वास्थ्यको लागि आहारविहारमा सजग रहनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामान्य कामको लागि पनि दौडधुप गर्नुपर्ने रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मन मिल्दो साथी भेट्नुको साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। शत्रुहरू पराजित हुनेछन्। खानपिनमा ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।