असोज १० गते देखि १६ गते सम्म
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। साताको मध्यमा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। महत्वपूर्ण योजनाहरू गुप्त राख्ने प्रयास गर्नुहोला। साताको अन्तिममा कार्यक्षेत्रमा सहयोगीहरूको साथ पाइनेछ। विपरीत परिस्थितिलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग गुलाबी र पहेलो हो भने शुभ अंक २ र ६ रहेको छ।
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा पारिवारिक समस्याले मन चिन्तित रहनेछ। जग्गा जमिनबाट लाभआर्जन गर्न सकिएला। साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। शिक्षाको क्षेत्रमा गुरुजनहरूबाट सहयोग पाइनेछ। साताको अन्तिममा समयको सदुपयोग गर्न नसकिएला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। सदैव कालभैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र सेतो हो भने शुभ अंक ३ र ८ रहेको छ।
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भमा धैर्य र पराक्रमले आँटेका कार्यसम्पादन हुनेछन्। कार्यक्षेत्रमा नयाँ काम हात पर्नेछ। साताको मध्यमा माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यावहारिक कारणले गर्दा सोचेको कार्यमा समय लाग्नेछ। साताको अन्तिममा पहिलाका गरेको अनुबन्धबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइएला। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र बैजनी हो भने शुभ अंक ४ र ६ रहेको छ।
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आर्थिक पक्ष सफल रहनेछ। साताको मध्यमा भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ। साहसिक कार्य गर्ने समय रहेको छ। साताको अन्तिममा गरेको कामको उचित प्रतिफल हात नलाग्ला। काम दोहोराएर गर्दा लाभ मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। आजको शुभ रंग कलेजी र हरियो हो भने शुभ अंक ७ र ८ रहेको छ।
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिलेता पनि तत्काल लाभ उठाउन नसकिएला। साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ। काममा सफलता प्राप्त हुनाले अरु कामप्रति थप उत्साह जाग्नेछ। साताको अन्तिममा योजना अनुरूप कार्य गर्नुहोस् सफलता मिल्नेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र केशरी हो भने शुभ अंक ३ र ४ रहेको छ।
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। साताको मध्यमा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। चिताएका काम पूरा हुनेछन्। साताको अन्तिममा महत्वाकांक्षाले समस्या निम्ताउला। पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र निलो हो भने शुभ अंक ६ र ८ रहेको छ।
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ हुनेछन्। साताको मध्यमा सामाजिक दायित्वको निर्वहनमा बाधा आउनेछ। नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्ने छन्। साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथमा धर्म कर्ममा मन लाग्नेछ। घरमा मांगलिक कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सिन्दुरी र रातो हो भने शुभ अंक १ र ८ रहेको छ।
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको प्रारम्भमा विवादास्पद कार्य सम्पादन गर्नमा सफलता मिल्नेछ। पारिवारिक उल्झनमा समय बित्नेछ। साताको मध्यमा आर्थिक लाभको स्थिति बनिरहेको छ। नयाँ कार्यको थालनीको लागि उपयुक्त समय रहेको छ। साताको अन्तिममा कार्यक्षेत्रमा मानसम्मानमा कमी आउनेछ। न्यायिक वा कानुनी मामलाहरूमा सजगता अपनाउनुहोस्। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग पहेलो र खैरो हो भने शुभ अंक ७ र ९ रहेको छ।
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको प्रारम्भमा आध्यात्मिक ज्ञान तर्फ झुकाव रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा शिक्षकको साथ र सहयोग मिल्नेछ। साताको मध्यमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको लागि नयाँ अवसर प्राप्त हुनेछ। शत्रुहरूलाई पनि आफ्नो लगनशीलताले झुकाउन सकिनेछ। साताको अन्तिममा घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग खैरो र निलो हो भने शुभ अंक २ र ४ रहेको छ।
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। राजनीतिक क्षेत्रमा जनसमुदायमा कमी आउनेछ। साताको मध्यमा धार्मिक कार्यमा समय बित्नेछ। आफन्तहरूको राम्रो साथ र सहयोग मिल्नेछ। साताको अन्तिममा कानुनी समस्याहरूमा सफलता प्राप्त गरिनेछ। साहसिक निर्णयहरूमा सफलता मिल्नेछ। व्यक्तित्वलाई सरल बनाउने प्रयास गर्नुहोला। सदैव कालभैरवको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग बैजनी र खैरो हो भने शुभ अंक ३ र ६ रहेको छ।
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको प्रारम्भमा मानसम्मानमा वृद्धि हुनेछ। आफन्तहरूबाट उपहार पाइएला। धर्मकर्ममा संलग्न भइएला। साताको मध्यमा सोचे अनुरुपको धनमा लाभ हुनेछ। प्रतिष्ठित कार्यले आफूलाई समाजमा चिनाउन सक्नुहुनेछ। साताको अन्तिममा भौतिक सुख सुविधा जुटाउनको लागि धन खर्च गर्नु पर्ने योग रहेको छ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूको प्रशंसा हुनेछ। सदैव भगवान गणेशलाई दुवो अर्पण गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो सातको शुभ रंग हरियो र रातो हो भने शुभ अंक ३ र ६ रहेको छ।
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको प्रारम्भमा वैदेशिक रोजगारबाट विशेष लाभ प्राप्त हुनेछ । सवारी साधनमा धन खर्चका योग छन्। साताको मध्यमा नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव मिल्नेछ। साताको अन्तिममा व्यापार व्यवसायमा बोलीले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। गृहणीहरूको गृहकार्यमा समय बित्नेछ। सदैव भगवान विष्णुलाई तुलसीदल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र केसरी हो भने शुभ अंक ५ र ९ रहेको छ।