Skip to content

All signs

Taurus

वृष

कार्तिक २१ गते देखि २७ गते सम्म

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

साताको प्रारम्भमा अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। अरू माथि आँखा बन्द गरेर विश्वास गर्दा धोखा पाइनेछ। साताको मध्यमा धार्मिक कर्ममा मन जानेछ। उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछन्। साताको अन्तिममा कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन पाइनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक १ र ३ रहेको छ।