Gemini
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताको प्रारम्भममा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। भविष्यलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। साताको मध्यमा स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोस्। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। साताको अन्त्यमा उच्चपदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। सांस्कृतिक अथवा सामाजिक कार्यमा सहभागी भइएला। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ शुभ रंग पहेलो र सेतो हो भने शुभ अंक १ र ६ रहेको छ।