Scorpio
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो सातामा तपाईको लागि कार्य क्षेत्रमा राम्रो उन्नतिका अवसरहरू रहेका छन्। आयमा वृद्धिका योगहरू रहेका छन् भने आर्थिक पक्ष सबल रहने छ। दाई र दिदीको माध्यमबाट कुनै विशेष कार्य सम्पन्न हुने सम्भावना रहेको छ। साताको अन्तिममा लगानीको लागि समय उपयुक्त छैन। प्रेम सम्बन्ध सुमधुर रहने छ भने दाम्पत्य जीवनमा पनि राम्रा योगहरू रहेका छन्। नयाँ जागिरको खोजीमा हुनुहुन्थ्यो भने प्राप्त हुने सम्भावना रहेको छ। विद्यार्थी वर्गहरूको पढाइमा राम्रो स्थिति रहेको छ। आत्मविश्वासमा वृद्धिका साथै मनोबल पनि राम्रो रहेको छ। यो सप्ताह को शुभ रंग सेतो र घ्यु रंग हो भने शुभ अंक ७ र ९ रहेको छ।