Virgo
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको प्रारम्भमा पारिवारिक सम्बन्धमा असमझदारी बढ्नेछ। आर्थिक क्षेत्र कमजोर रहन सक्छ। साताको मध्यमा शुभ चिन्तकहरूको साथ र सहयोग पाइनेछ। अप्ठ्यारा परिस्थितिले आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। साताको अन्तिममा वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। कारोबार विस्तारको लागि नयाँ आवेदनहरू मिल्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दीएर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ७ र ९ रहेको छ।