Leo
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा विद्यार्थीहरूको अध्ययन र अध्यापनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला। अवसरवादीहरूले खुट्टा तान्नेछन्। साताको अन्त्यमा कार्यलाई टाल्नु भन्दा कार्यसम्पादन गर्नमा विश्वास राखौं। व्यापार व्यवसायमा जीवनसाथीको भरपूर सहयोग मिल्नेछ। सदैव भगवान विष्णुको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र कलेजी हो भने शुभ अंक २ र ८ रहेको छ।