Aquarius
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको प्रारम्भमा भाग्यको अपेक्षा कर्ममा विश्वास राखेर रोकिएका कार्य प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ। व्यापार विस्तारको लागि थप लगानी लगाउने अवसर मिल्नेछ। साताको मध्यमा भौतिक सुखमा वृद्धि हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आर्थिक पक्ष मजबुत रहनेछ। साताको अन्तिममा अविवाहितहरूलाई विवाह को प्रस्ताव मिल्नेछ साथै घरपरिवारमा रमाइलो जमघट रहनेछ। समाजमा प्रभाव बढ्नेछ। यो सप्ताह को शुभ रंग हल्का रातो र हल्का पहेलो हो भने शुभ अंक १ र ७ रहेको छ।