Skip to content

All signs

Capricorn

मकर

कार्तिक २१ गते देखि २७ गते सम्म

भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

साताको प्रारम्भमा वैदेशिक आवेदनको लागि कागजपत्र दिनुभन्दा अघी जाँच गरौं। समाजमा मान सम्मान बढ्नेछ। घरेलु आवश्यकताको पूर्तिमा धन खर्च हुनेछ। कानुन विपरीत कार्य नगरौं। साताको मध्यमा घरमा मांगलिक कार्यले मन प्रसन्न रहनेछ। मठ मन्दिर वा देवस्थानको यात्रा हुनेछ। प्रेम सम्बन्धमा प्रेम जताउनुहोस् सफलता मिल्नेछ। साताको अन्तिममा व्यापारभन्दा सेवा मुलुक कामबाट लाभ पाइनेछ। शेयर मार्केटको लगानीबाट लाभ मिल्नेछ। नोकरी वा पेशामा नयाँ कार्य थप हुनेछ। लामो यात्रा कष्टपूर्ण रहन सक्छ। यो सप्ताह को शुभ रंग सेतो र केशरी हो भने शुभ अंक १ र ४ रहेको छ।