DDC Podcast Ep -06 | DDC कसरी नाफामा जाँदैछ ?│कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग गरिएको संवाद
Aug 27, 2026 · 53 min
डीडीसी कसरी नाफामा जाँदैछ ?│गिता चौधरी - माननीय कृषि, वन तथा पर्यावरण मन्त्री DDC Podcast को छैटौँ अंकमा हामीले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालको कृषि, किसान तथा दुग्ध क्षेत्रका समसामयिक विषयमा विशेष कुराकानी गरेका छौँ । यस विशेष संवादमा महिनौँदेखि रोकिएको दुग्ध किसानको भुक्तानी, दूधको बजार व्यवस्थापन, बिचौलियाको भूमिका, किसानका लागि अनुदान, DDC सुधार, दुग्ध क्षेत्रको प्रवर्द्धन तथा नेपाली दुग्धजन्य उत्पादनको बजार विस्तार लगायतका महत्वपूर्ण विषयमा मन्त्रीसँग प्रश्न गरिएको छ। त्यसैगरी युवालाई कृषिमा आकर्षित गर्ने नीति, कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य, बाँझो जमिनको उपयोग, पशु बीमा तथा अनुदान, बर्डफ्लूबाट प्रभावित किसान, वन्यजन्तुबाट कृषि क्षेत्रमा भइरहेको क्षति तथा कृषि क्षेत्रका अन्य नीतिगत विषयहरूमा पनि मन्त्रीज्यूको धारणा सुन्न सकिन्छ।