
Podcast
Mahabir Bishwokarma
9 episodes · ne
'बहकिने मन' देशभरिका ११० भन्दा बढी रेडियोहरुबाट एकसाथ प्रसारण हुने प्रेम विषयमा आधारित रेडियो कार्यक्रम हो । सोमबार राती ९ः१८ बजे थाहा सञ्चार नेटवर्क मार्फत प्रसारण हुने यस कार्यक्रममा प्रेममा आइपर्ने विभिन्न अवस्था बारे कुरा गरिन्छ । प्रेम सम्बन्धी कुनै समस्याको उचित समाधान के हुनसक्छ भनेर छलफल पनि गरिन्छ । साहित्यको मुक्तक विधालाई समेटेको यस कार्यक्रममा हरेक श्रृंखलामा फेसबुकबाट ६ वटा र ट्वीटरबाट २ वटा मुक्तक छनौट गरेर वाचन गरिन्छ । जुन सेग्मेन्टका लागि फेसबुकमा ४०० देखी ५०० जनाले सहभागिता जनाउँछन् (ट्वीटरमा ५० जना जतिले सहभागिता जनाउँछन् । ट्वीटरबाट मुक्तक लिन थालेको केही २-३ महिना मात्रै भएकोले त्यता सहभागिता कम छ) । कार्यक्रममा फोनमा आउने श्रोताले विषयप्रति आफ्नो विचार राखेपछि मुक्तक वाचन गर्छन । र मुक्तकको जवाफ प्रस्तोताले तत्कालै मुक्तकमै फर्काउँछन् । कार्यक्रमको यो पाटो धेरैले रुचाएको पक्ष हो । यस कार्यक्रमका प्रस्तोता महावीर विश्वकर्मा हुन् ।
Apr 17, 2017 · 41 min
Apr 17, 2017 · 37 min
Apr 17, 2017 · 40 min
Apr 17, 2017 · 38 min
Apr 17, 2017 · 39 min
Apr 17, 2017 · 43 min
Apr 17, 2017 · 40 min
Apr 17, 2017 · 38 min
Apr 17, 2017 · 39 min