

Jyotish Krishna Prasad Bhandari
Pandit Jyotishi
४.७· १५३ समीक्षा
परिचय
दस वर्षमै गुरुकुलमा प्रवेश गरी संस्कृत वाङ्मयको अध्ययन प्रारम्भ गर्नुभएका उपप्रा. कृष्णप्रसाद भण्डारीले संस्कृत व्याकरणशास्त्रमा आचार्य र नेपालीमा स्नातकोत्तर (एम.ए.) गर्नुभएको छ । थुप्रै स्वदेशी तथा विदेशीलाई समेत संस्कृत शिक्षा एवं पूर्वीय दर्शनको ज्ञान पस्किँदै आउनुभएका उहाँले लामो समयदेखि इमेज टेलिभिजनमा प्रवचन कार्यक्रममार्फत शास्त्रीय ज्ञानविज्ञानमा आधारित पूर्वीय वाङ्मयका गूढ-गम्भीर विषयलाई उजागर गरिरहनुभएको छ । ‘श्रीशिवमहापुराणम्’ लगायतका ग्रन्थहरूको सम्पादन गर्नुभएका उहाँका संस्कृतसम्बद्ध दर्जनौँ अनुसन्धानात्मक लेखका साथै ‘संस्कृतव्याकरणम्’ नामक पुस्तकाकार कृतिसमेत प्रकाशित छ । पुराणवाचन, वैदिक कर्मकाण्ड र ज्योतिषीय विषयमा विशिष्ट ज्ञान प्राप्त गर्नुभएका उहाँ खोज, अध्ययन र अनुसन्धानमार्फत पौरस्त्य वाङ्मयको उपासनामा आफूलाई समर्पित गराइरहनुभएका प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ ।














