
Jyotish Dharmendra Krishna Paudel
Pandit Jyotishi
५.०· १०६३ समीक्षा
परिचय
ज्योतिषशास्त्रमा १० वर्षभन्दा बढीको अनुभव भएको शास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू अहिले हाम्रो पात्रोको दैनिक, मासिक र वार्षिक राशिफल लेख्ने गर्नुहुन्छ। कुण्डली विश्लेषणका लागि चर्चित ज्योतिष पौडेलले १८ वर्षको उमेरमा नै ज्योतिषशास्त्रमा कदम राख्नु भएको हो भने त्यसअघि उहाँले वृन्दावनका प्रसिद्ध ज्योतिषहरूसँग विशेष अध्ययन गर्दै ज्ञान हासिल गर्नुभएको हो। चर्चित नेपाली टेलिभिजनमा आफ्नो ज्योतिषीय परामर्श मार्फत् उहाँले लाखौं दर्शकहरूलाई जीवनका रहस्यमयी पक्षहरूमा ज्ञान दिनु भएको छ। त्यसबाहेक, उहाँ एक प्रतिष्ठित कलेजमा वास्तुका प्राध्यापकको रूपमा समेत कार्यरत हुनुहुन्छ। उहाँले विद्यार्थीहरूलाई प्राचीन शास्त्रको शिक्षण दिने गर्नुभएको छ। त्यति मात्र नभएर धर्मेन्द्र कृष्ण पौडेल १८ पुराणका प्रवक्ता समेत हुनुहुन्छ । उहाँले आफ्नो आधा जीवन वैदिक ज्योतिषशास्त्र र वास्तुको अध्ययनमा नै बिताउनु भएको छ ।














