

Jyotish Mukunda Sharma
Pandit Jyotishi
४.९· ४४५० समीक्षा
परिचय
११ वर्षीय बाल्यकालमै म्याग्दीको शालग्राम गण्डकी वेद विद्याश्रमबाट गुरुकुलीय शिक्षाध्ययन प्रारम्भ गरी भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद् लखनउबाट उत्तरमध्यमा पोखराको विन्दुवासिनी संस्कृत विद्यापीठबाट शास्त्री, ने.सं.वि. एकवर्षे शिक्षा शास्त्री कार्यक्रममार्फत बी.एड (B.Ed), वाल्मिीकि विद्यापीठबाट नव्यव्याकरणाचार्य हुँदै त्रिभुवन विश्वविद्यालयबाट कलाचार्य (M.A.) सम्मको औपचारिक शिक्षा पुरा गर्नुभएका ज्योतिषी पण्डित आचार्य मुकुन्द शर्माले लामो समयसम्मको साधना, अनुसन्धान र कार्यानुभवबाट ज्योतिषविद्यामा निकै प्रख्याति कमाउनुभएको छ । साथै वैदिक यज्ञानुष्ठान, सप्ताह, पुराणवाचन, तन्त्रप्रयोग आदि कर्मकाण्डका सम्पूर्ण क्षेत्रमा समेत उहाँले विज्ञता हासिल गरिसक्नुभएको छ र जनजनमा आफ्नो सेवा पुर्याईरहनुभएको छ । विभिन्न वैदिक÷तान्त्रिक अनुष्ठान, सप्ताह पुराणवाचन एवं ज्योतिष-कर्मकाण्ड-सम्बन्धी प्रशिक्षण, सभा, गोष्ठी, सेमिनार आदि सञ्चालन गर्दै आउनुभएको । ज्योतिष क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च कदर र मूल्याड्ढन गरी विन्दुवासिनी अवार्ड एवं अन्य विभिन्न पदकद्धारा सम्मानित हुनुभएको । विन्दुवासिनी अवार्डद्धारा सम्मानित उहाँले हालसम्म स्वदेश तथा विदेशमा रहेका हजारौं नेपाली एवं विदेशीहरुलाई समेत उपयुक्त ज्योतिष परामर्श दिनुभई धेरैका पथप्रदर्शक बन्नुभएको छ । विभिन्न संघ-संस्थामा आवद्घ रही उहाँले ज्योतिष विद्याको प्रतिष्ठा र उत्थानमा नेत्तृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । नेपाल ज्योतिष परिषद् म्याग्दीको सहसचिव हुँदै हाल लोकप्रिय एन्ड्रोइड एप्लिकेशन “हाम्रो पात्रो” मा ज्योतिष परामर्शदाताका रुपमा कार्यरत उहाँले काठमाडौं गोंगबुस्थित आफ्नै निजी कार्यलयबाटसमेत ज्योतिष र कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा प्रदान गर्दै आइरहनुभएको छ ।















