काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते
barnanmedia.com · Mon Jul 22 21:48:31 UTC 2024

काठमाडौँको कुलेश्वरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा।११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा ३ जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीका डिएसपी रूपक खड्काले बताए । विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको हो । घाइतेहरूलाई उपचारका लागी बल्खु स्थित बयोधा अस्पतालमा पठाइएको छ । घाइतेहरूको विवरण सङ्कलन भइरहेको डिएसपी खड्काले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)