नागरिकलाई राहत हुने काम गर्न निर्देशन
gorkhapatraonline.com · Sat May 23 00:27:25 GMT 2026

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले पूर्वाधार आयोजनाका समस्या तत्काल पहिचान गरी आमनागरिकलाई राहत हुने गरी काम गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिका सभापति आशिष गजुरेलको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनील लम्साल सहभागी सो बैठकका निर्णय सुनाउँदै समितिका सभापति गजुरेलले सार्वजनिक पूर्वाधारका आयोजनामा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिने निर्णय गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)