मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा यु २० महिला भलिबल २०२४ : नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित

barnanmedia.com · Mon Jul 22 21:52:41 UTC 2024

नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको‌ छ।

नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ।अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)