बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
nagariknews.nagariknetwork.com · Mon Jan 26 14:32:31 GMT 2026

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । यही माघ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकल आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२० एफ एफआइ बिएस ६ को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ पल्सर २२० एफ एफआइ बिएस ६ले बजाज प्रेमीलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफ ४,३९,९०० रुपियाँको शुरुवाती मूल्यमा उपलब्ध गराइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)