आर्थिक वृद्धिको लक्ष्यलाई भेट्नेगरी लचिलो मौद्रिक नीति आउँदै
nepalviews.com · Tue Jul 07 06:06:49 GMT 2026

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको १४ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी परिचालन गर्दै सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग गर्ने गरी नेपाल राष्ट्र बैंकले यस वर्ष लचिलो मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर विश्व पौडेल मौद्रिक नीतिबाट सरकारी लक्ष्य पूरा गर्ने गरी नीति ल्याउन लागेका हुन् ।
राष्ट्र बैंक स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । व्यवस्थापन समितिले नीतिका मुख्य विषय टुंग्याइसकेको छ भने सञ्चालक समितिबाट स्वीकृत भएपछि आज साँझ वा भोलि बिहान सार्वजनिक गर्ने तयारी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)