मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

काठमाडौँमा सातौँ ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ हुँदै

ratopati.com · Mon Jan 26 19:40:50 GMT 2026

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को सातौँ संस्करण हुने भएको छ ।

चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने उक्त महोत्सवमा ३९ देशका ८५ चलचित्रहरू प्रदर्शन हुने भएको हो । काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित भएको आयोजकको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)