मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प प्रशासनकी गुप्तचर प्रमुखले दिइन् राजीनामा

shilapatra.com · Sat May 23 00:51:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गब्बार्डले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो एक्समार्फत सार्वजनिक गरेको पत्रमा श्रीमान्‌लाई दुर्लभ हड्डीको क्यान्सर पुष्टि भएपछि परिवारलाई समय दिन राजीनामा दिएको उल्लेख गरेकी छन् ।

राष्ट्रपति ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत गबार्डले ३० जुनदेखि प्रशासन छोड्ने पुष्टि गरेका छन् । उनले गब्बार्डको कामको प्रशंसा गर्दै उनको योगदान स्मरणीय रहने बताएका छन् । अब कार्यवाहक निर्देशकको जिम्मेवारी उपनिर्देशक आरोन लुकासले सम्हाल्ने जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय