विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण
arthadabali.com · Fri Jun 05 09:57:02 GMT 2026

इलाम / विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रमा ३०० वटा बिरुवा रोपेको हो।
बैंकका अनुसार वृक्षारोपण कार्यक्रमले प्राकृतिक सन्तुलन कायम राख्न, हरियाली प्रवर्द्धन गर्न तथा वातावरणीय सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साथै, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका चुनौतीप्रति उत्तरदायी कदमका रूपमा पनि यस कार्यक्रमलाई लिइएको बैंकले जनाएको छ।
हरियाली विस्तारले पर्यटकीय जिल्ला इलामको आकर्षण थप बढाउन मद्दत पुग्ने र दिगो पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर २८६ शाखा तथा ४१ एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन्।
‘समुदायका लागि कुमारी बैंक’ अवधारणाअन्तर्गत बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यसअन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयको पूर्वाधार विकासमा सहयोग, सरसफाइ सामग्री वितरण, अनाथालयलाई सहयोग तथा वित्तीय एवं डिजिटल साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित विषय:
# विश्व वातावरण दिवस
# कुमारी बैंक
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)