गौरिफन्टा नाकामा चार दिनमा १८ सयको कोरोना परीक्षण, १६६ जनामा संक्रमण पुष्टि
deshsanchar.com · Tue Apr 13 14:33:37 GMT 2021
धनगढी– सुदूरपश्चिम प्रदेशको कैलालीस्थित गौरिफन्टा नाकामा पछिल्लो चार दिनमा भारतबाट नेपाल भित्रिँदै गरेका १८ सय जनाको परीक्षण गर्दा १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शनिबारदेखि मंगलबारसम्म चार दिनमा भारतका विभिन्न स्थानबाट गौरिफण्टा नाका हुँदै सुदूरपश्चिम भित्रिएका एक हजार ८ सय नागरिकको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १ सय ६६ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमेलीहरुको पर्व बिसु मनाउन दैनिक सयौंको संख्यामा भारतमा रोजगारी गरिरहेका नेपालीहरु घर फर्किरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)