पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नुपर्छ: पर्यटनमन्त्री पाण्डे
barnanmedia.com · Mon Jul 22 22:50:53 UTC 2024

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्रमा भगवान्लाई सम्झेर काम गर्नु आग्रह गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डेले आज यहाँको जानकारी लिने क्रममा कर्मचारीलाई सम्बोधन गर्दै पशुपति क्षेत्रमा संस्कारभित्र रहेर भगवान्लाई सम्झेर काम गर्नुपर्ने बताउनुभएको हो ।
“अन्यत्र र यहाँ काम गर्नुमा फरक हुन्छ, कामको जिम्मेवारी पाएपछि केही गर्नुपर्छ, नैतिकता इमान्दारिताभित्र रहेर काम गर्नुपर्छ, भारतमा नेपालबाट आएको भनेपछि पशुपतिप्रति आस्था, सम्मान गर्छन्, पशुपतिलाई विश्वमा चिनाउन पनि पारदर्शी तरिकाले काम गर्नुपर्छ”, मन्त्री पाण्डेले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)