आर्थिक अभावले मिर्गौला बिरामी कुँवरको उपचार प्रभावित
gorkhapatraonline.com · Sat May 23 01:32:49 GMT 2026

तनहुँको भानु नगरपालिका–२ भकुन्थोककी ४० वर्षीया विष्णुमाया कुँवरको आर्थिक अभावका कारण नियमित उपचारमा समस्या भएको छ । विगत दुई वर्षदेखि उपचार गराइरहनुभएकी कुँवरका दुवै मिर्गौलाले पछिल्लो समय काम गर्न छाडेपछि उपचार खर्च जुटाउन र बिहान–बेलुकाको छाक टार्नसमेत परिवारलाई धौ–धौ परेको हो ।
उपचारका क्रममा घरको सम्पूर्ण जायजेथा सकिएपछि अहिले परिवारमा बिहान–बेलुका पेटभरि खाने अन्नसमेत नभएको र आधा पेट खाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । हाल आँबुखैरेनी अस्पतालमा हप्ताको दुई पटक डायलाइसिस गराउँदै आउनुभएकी कुँवरलाई गाउँबाट अस्पतालसम्म आउन–जान लाग्ने यातायात खर्च तथा नियमित रूपमा खरिद गर्नुपर्ने औषधिका लागि रकम अभाव भएपछि परिवार थप पीडामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)