ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
barnanmedia.com · Sun Jun 22 22:25:38 GMT 2025

। काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । थानकोट तर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन् ।
आइतबार साँझ ८ बजेर २५ मिनेटमा सो ट्रकले बा।६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको हो । अर्का मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)