धनी भएको सपना देख्ने भुइँमान्छेको कथा !
Ujyaaloonline.com · Sun Jun 22 22:38:56 GMT 2025

गोजीमा सुको नभएर झोक्राइरहेको भुइँमान्छेले नेपाल धनी हुने कुरा सुन्यो । धनी हुन लागेको देश नेपाल कि थर नेपाल भनेर एकछिन गम खायो । थर नेपाल नभएर देश नेपाल धनी हुन लागेको कुरा दैलेखमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास भेटेपछि शुरू भएको रहेछ भन्ने थाहा पायो । देश मालामाल हुने खबर थाहा पाएर गदगद भयो ।
देश धनी हुने भनेपछि त्यही देशमा बस्ने आफू पनि मालामाल नहुने कुरै भएन । ५० वर्षलाई पुग्ने भनेपछि आफ्नो जिन्दगी कटिहाल्यो, छोराछोरीको पालामा फेरि धनी हुने अर्को कुरा फेला परिहाल्छ । आहा ! आफ्नो जिन्दगी त अब सुखसँग बित्ने भो !
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)