धमाधम बजेट ल्याउदै पालिका, तर बालेनका कारण काठमाडौंको बजेट अनिश्चित
barnanmedia.com · Sun Jun 22 22:47:13 GMT 2025

अहिले केन्द्र र प्रदेशले ल्याएको बजेटमाथि संसददेखि चिया पसलसम्म चर्चा भइरहेको छ। बजेटमाथि जनताको असन्तुष्टि त हुने नै भयो, सत्तारुढ दलका नेताहरुले पनि चर्काे विरोध गरिहेका छन्। केन्द्रले १५ जेठ र प्रदेशले १ असारमा बजेट ल्याएका थिए।
अहिले स्थानीय तहलाई बजेटको चटारो छ। स्थानीय तहले १० असारभित्र बजेट नगर परिषद्मा पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। कतिपय स्थानीय तहहरुले त धमाधम बजेट ल्याइरहेका छन्। आइतबार मात्र भरतपुर र पोखरा महानगरपालिकाले बजेट ल्याएका छन्। वीरगन्ज, विराटनगर र ललितपुरले पनि १० असारभित्र बजेट ल्याउने तयारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)