‘एयर इन्डिया दुर्घटना’ले विश्वलाई दिएको झड्का
rajdhanidaily.com · Sun Jun 22 22:58:52 GMT 2025
गत १२ जुन दिउँसो भारत अहमदाबादबाट बेलायतको लन्डनतर्फ उड्दै गरेको एयर इन्डियाको जहाज दुर्घटनापछि विश्व समुदायमा असाधारण झड्का उत्पन्न गराएको छ । जहाजमा सवार २ सय ४२ जनामध्ये एक जनाको मात्र उद्धार सम्भव भयो । भन्ने नै हो भने अझ जहाज मेडिकल विद्यार्थीको होस्टलमा ठोकिएकाले थप धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् । आकाशमा उड्ने मानव सपना जब साकार भयो, यसले संसार नै साँघुरो बनाइदियो ।
हवाई यात्रा आधुनिक युगको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हो । व्यापार, पर्यटन र मानवीय सम्बन्धलाई यसले नयाँ उचाइ दिएको छ । तर, यो प्रविधि विकाससँगै यसका जोखिम पनि यथावत् छन् । हवाईजहाज इतिहास जति गौरवशाली छ, त्यति नै दुःखद पनि छ । विश्वका हरेक प्रमुख एयरलाइन्सले कुनै न कुनैबेला दुर्घटना सामना गरेका छन् र गरिरहेका छन् । प्रत्येक दुर्घटनाले हवाईसुरक्षा क्षेत्रमा सुधारका लागि नयाँ ढोका पनि खोलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)