रातारात सेलिब्रेटी बन्यो 'दुर्लभ अल्बिनो' भैंसी
lokaantar.com

मुस्लिम समुदायको महान् पर्व ईद अल-अधा (बकरइद)को पूर्वसन्ध्यामा बंगलादेशमा एउटा दुर्लभ अल्बिनो भैंसी सामाजिक सञ्जाल र जनस्तरमा अप्रत्याशित रूपमा 'सेलिब्रेटी' बनेको छ । राजधानी ढाका नजिकैको नारायणगन्ज जिल्लास्थित एउटा व्यावसायिक फार्ममा हुर्काइएको करिब ७०० किलोग्राम तौल भएको यो भैंसीलाई हेर्न र भिडियो खिच्न अचेल दैनिक सयौँ मानिसको भीड लाग्ने गरेको छ ।
अचम्मको कुरा त के छ भने, यसको अनौठो शारीरिक बनावट र कपालको शैली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो भएकाले यसको नाम नै 'डोनाल्ड ट्रम्प' राखिएको छ, जसले अहिले बंगलादेशमा मात्र नभई विश्वभरकै मिडियाको ध्यान खिचेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
डोनाल्ड ट्रम्प